close

बालकृष्ण खाँणविरुद्ध परेकाे बागी उम्मेदवारी फिर्ता

बालकृष्ण खाँणविरुद्ध परेकाे बागी उम्मेदवारी फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । रुपन्देही–३ प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाँणविरुद्ध परेको बागी उम्मेद्वारी फिर्ता भएको छ ।

गठबन्धनका साझा उम्मेदवारी नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र)का इम्दाद हुँसेन खाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगकाे छलफलपछि उनले आफ्नै उम्मेदवारी फिर्ता लिएका हुन् । 

निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ। फैज र इम्दाद नाताले बाबु छोरा हुन्। फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन्।