close

घनश्याम भुसालले पाए त्रिभुज चुनावचिन्ह

घनश्याम भुसालले पाए त्रिभुज चुनावचिन्ह

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले त्रिभुज चुनावचिन्ह पाएका छन् । 

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार  ‘त्रिभुज’ चुनाव चिह्न दिएको हो । 

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रबाट एमालेले छबिलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।