close

बागी उम्मेदवारी दिने कांग्रेसी ५ वर्षसम्म फर्कन नपाउने ​​​​​​​

बागी उम्मेदवारी दिने कांग्रेसी ५ वर्षसम्म फर्कन नपाउने ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको जानकारी दिएका हुन् । 

गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लघंन गरेकोमा कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘कांग्रेसले उनीहरुलाई विधानको धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।