close

प्रचण्डका प्रतिस्पर्धी ९९ वर्षीय पोखरेल

प्रचण्डका प्रतिस्पर्धी ९९ वर्षीय पोखरेल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ सर्वाधिक उमेरका उम्मेदवार टिका दत्त पोखरेल बनेका छन् । उनले गोरखा क्षेत्र नम्बर २मा उम्मेदवारी दिएका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रतिस्तपर्धी हुन्  । 

नेपाली कांग्रेस (बीपी) बाट उम्मेदवार बनेका उनको उमेर ९९ वर्ष रहेको निर्वाचन आयोगद्वारा जारी उम्मेदवार नामावलीमा उल्लेख छ ।

आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । 

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  गोरखा २ पुगेका छन् । उनलाई उनकै प्रतिस्पर्धी मानिने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र युद्धकालदेखि प्रतिस्पर्धीका रुपमा रहेका बाबुराम भट्टराईको साथ छ । 

त्यसैगरी, गठबन्धनका साझ उम्मेदवार भएका नाताले उनलाई नेपाली कांग्रेसको पनि पूर्ण साथ छ ।