close

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।  

उनले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्न जाँदा पञ्चेबाजा प्रयोग गरेको विषयमा आयोगले सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । २५ भन्दा बढीको संख्या र उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजा गर्न नपाउने आचारसंहितामा उल्लेख छ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नं २ मा मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको छ ।’ पत्रमा उल्लेख छ । ‘...यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ।’