close

बृहत बाम एकताका लागि माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ ।

बृहत बाम एकताका लागि माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ ।

Trulli
कार्यदलका सदस्यहरू
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको छ । एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएका छन् । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल सदस्य गिरिराजमणि पाेखरेलले बताए ।