close

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

Trulli
ADVERTISEMENT

काठमाडौं- आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । 

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन् । टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा बिसर्जन गर्ने चलन छ।