close

भाेलिदेखि रामलीला महोत्सव सुरु हुने

भाेलिदेखि रामलीला महोत्सव सुरु हुने

Trulli
ADVERTISEMENT

बैतडी–  दशरथचन्द नगरपालिकामा रामलीला महोत्सव सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका ६ स्थित कालिका माविको प्रांगणमा शुक्रबारदेखि रामलीला महोत्सवको आयोजना हुन लागेको हो ।

कालिका सांस्कृतिक समाजका अध्यक्ष कर्णबहादुर चन्दका अनुसार थालिगडाले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ ।भगवान रामचन्द्रको जीवनगाथामा आधारित रामलीला नाटकको गणेश पूजासहित शुक्रबार उद्दघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष चन्दले बताए ।

१३ दिनसम्म सञ्चालन हुने रामलीला महोत्सवको तयारी पुरा भएको उनले जनाए । उक्त महोत्सवमा भगवान रामचन्द्रको जीवनमा आधारित भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ ।