close

दुई दिने साप्ताहिक बिदाको प्रस्ताव

दुई दिने साप्ताहिक बिदाको प्रस्ताव

Trulli
ADVERTISEMENT

काठमाडौं -  सरकारले कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्र उकास्न कर्मचारीलाई सातामा दुई दिने बिदा र भत्ता उपलब्ध गराएर आन्तरिक पर्यटन प्रवर्द्धनको योजना अगाडि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारी कर्मचारीलाई सातामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । 


आन्तरिक पर्यटन प्रवर्द्धनका लागि २ दिन बिदा तथा भ्रमण भत्ता दिँदाको लागत, देशभित्र तथा बाहिरको अभ्यासबारे अध्ययन गरी प्रतिवेदन बुझाउन मन्त्रालयको प्रशासन तथा योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । 


यसअघि भ्रमण भत्ता तथा सातामा २ दिन बिदा दिन सकिनेबारे अहिले विभिन्न संस्थाहरूमा भइरहेको अभ्यास अध्ययन गरी लागू गर्न सकिने/नसकिने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले बुझाउने मन्त्रालयका प्रवक्तासमेत रहेका भट्टराईले जानकारी दिए । 


‘विगतमा भएका निर्णय, राष्ट्रिय - अन्तर्राष्ट्रिय अभ्यास, लागत मूल्यांकन गरी प्रतिवेदन बुझाउने जिम्मेवारीसहित कार्यदल गठन भएको छ । यसको उद्देश्य अहिले पर्यटक विदेशबाट आउने सम्भावना छैन ।

 

त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि यो निर्णयमा पुगिएको हो,’ उनले भने । अहिले पनि पर्यटन बोर्डले आफ्ना कर्मचारीलाई भ्रमण भत्ता तथा दुई दिने साप्ताहिक बिदा दिँदै आएको छ ।