close

ताप्लेजुङकासहित प्रदेश १ का सबै स्थानीय तहले पाए वित्तीय समानीकरण विवरण

ताप्लेजुङकासहित प्रदेश १ का सबै स्थानीय तहले पाए वित्तीय समानीकरण विवरण

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्रालयले ताप्लेजुङका ९ सहित प्रदेशभरका सबै स्थानीय तहलाई राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानको अनुमानित विवरण पठाएको छ ।

 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १८ को उपदफा १३ बमोजिम आगामी आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहले पाउने राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान तथा सवारी साधन करको हिस्साको अनुमानित विवरण पठाएको हो ।

 

जसअनुसार ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले वित्तीय वित्तीय समानीकरण अनुदानतर्फ ५८ लाख २३ हजार सवारी साधनको करको हिस्सा कुल ६१ लाख ८ हजार ७ सय गरी १ करोड १९ लाख ३१ हजार ७ सय रुपैयाँ अनुमानित अनुदान पाउनेछ ।

 

मिक्वाखोला गाउँपालिकाले ४९ लाख २२ हजार वित्तीय समानीकरण अनुदान र २९ लाख १७ हजार ७ सय ७० सवारी साधनको करको हिस्साबापतको रकम गरी कुल ७८ लाख ३९ हजार ७ सय ७० रुपैयाँको अनुमानित अनुदानको स्रोत विवरण पाएको छ ।

 

मेरिङ्देन गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ६१ लाख ९१ हजार र सवारी साधन कर बाँडफाँटको कर हिस्साबापत २८ लाख १ हजार १ सय १० गरी ८९ लाख ९२ हजार १ सय १० रुपैयाँको अनुमानित विवरण पाएको छ ।

 

यस्तै, मैवाखाला गाउँपालिकाले ५५ लाख ५४ हजार रुपैयाँ वित्तीय समानीकरण र २० लाख ९९ हजार ७ सय ९० रुपैंया सवारी साधन कर गरी कुल ७६ लाख ५३ हजार ७ सय ९० रुपैंयाको अनुमानित अनुदान विवरण पाएको छ ।

 

आठराई त्रिवेणी गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ६४ लाख १९ हजार र सवारी साधन करतर्फ २१ लाख ५४ हजार ९ सय ८० गरी कुल ८५ लाख ७३ हजार ९ सय ८० रुपैयाँको अनुमानित स्रोत विवरण पाएको छ ।

 

वित्तीय समानीकरणतर्फ फुङ्लिङ नगरपालिकाले ९५ लाख ९७ हजार र सवारी साधनको करको हिस्साबापत १ करोड ४ लाख २१ हजार गरी २ करोड १८ हजार रुपैयाँको स्रोत अनुमान पाएको छ ।

 

पाथीभरा याङ्बरक गाउँपालिकाले ६४ लाख १८ हजार वित्तीय समानीकरण र २५ लाख ७८ हजार २ सय ९० रुपैयाँ सवारी साधन कर गरी कुल ८९ लाख ९६ हजार २ सय ९० रुपैयाँको स्रोत अनुमान पाएको छ ।

 

सिरिजंघा गाउँपालिकाले ७० लाख ४१ हजार वित्तीय समानीकरण अनुदान र ३८ लाख ४१ हजार ९ सय रुपैयाँ सवारी साधन कर गरी कुल १ करोड ८ लाख ८२ हजार ९ सय रुपैयाँको स्रोत अनुमान विवरण पाएको छ ।

 

सिदिङ्वा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ ५९ लाख ५६ हजार रुपैयाँ र सवारी साधन कर बाँडफाँटको हिस्सातर्फ २४ लाख ६१ हजार ३ सय ४० रुपैयाँ गरी कुल ८४ लाख १७ हजार ३ सय ४० रुपैयाँ अनुदानको अनुमानित विवरण पाएको छ ।