close

बागमतीमा मन्त्रिपरिषद् विस्तार

बागमतीमा मन्त्रिपरिषद् विस्तार

Trulli
ADVERTISEMENT

काठमाडौं–बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । सत्ता साझेदार दललाई समेटेर मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।

 

श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा वसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपक्षी मन्त्रीमा वसुन्धरा हुमागाईं, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल र कृषि तथा पशुपक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ रहेका छन् । 


नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार नै शपथ लिने कार्यक्रम छ । यसअघि प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चार सदस्य मात्र थिए । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमा कृष्णलाल भँडेल यसअघि नै नियुक्त भएका छन् ।