close

जीवनसाथी गुमाएका पुरुषहरूले पनि विदुरभत्ता पाउने

जीवनसाथी गुमाएका पुरुषहरूले पनि विदुरभत्ता पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । बारेकोट गाउँपालिकामा जीवनसाथी गुमाएका पुरुषहरूले पनि विदुर भत्ता पाउने भएका छन् । 

यसअघि महिलाहरूले मात्रै विधुवाभत्ता पाउँदै आएकोमा पालिकाले यस वर्षदेखि जीवनसाथी गुमाएका पुरुष (विदुर)लाई पनि भत्ता उपलब्ध गराउने भनी आव २०७९/८०को नीति तथा कार्यक्रममा सहभागी गराएसँगै उनीहरूले पनि विदुर भत्ता पाउने भएका हुन् । 

यस्तै, नेपालमा राजनीतिक मुद्दाभन्दा समृद्धिको मुद्दा आवश्यक रहेकाले आफूले कृषिलाई प्राथमिकता दिएको अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । 

बारेकोटले कृषि क्षेत्रमा एक वडा एक पकेट कार्यक्रम आरम्भका लागि वडाको सम्भाव्यता अध्ययन जारी प्रथमिकता छुट्याउने गिरीले बताए । 

वडा नम्बर –१ को बयला, वडा नम्बर २ को सिरी, वडा नम्बर–४ के गुम्द वडा नम्बर ६ को धुम बस्तीमा यसै वर्ष सडक पुर्‍याउने उनले जानकारी दिए । 

खनिएका सडकको स्तरोन्निति गर्ने गरी नीति तथा कार्यक्रममा समेटिएको उनले बताए । 

यस्तै, स्वास्थ्यका क्षेत्रमा हामीले विपन्न नागरिकहरूका लागि आपतकालीन कोष भनेर एउटा कोष स्थापना गरेको बताए । 

‘त्यसका लागि १८ लाख बजेटको व्यवस्था गरेका छौँ । त्यसमा कर्मचारी र जनप्रतिनिधिहरूको सेवा सुविधाबाट थप गर्ने भनी निर्णय गरेका छौँ । यसका लागि पनि कार्यविधि बनाएर अघि बढ्छौँ,’ उनले भने, ‘अब आवश्यक कार्यविधि बनाएर अघि बढ्छौँ ।’

यस्तै, स्वास्थ्य क्षेत्र नपुगेका ठाउँमा स्वास्थ्य इकाइ पुर्‍याउने, सामुदायिक स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गर्ने उनले बताए । 

५ नम्बर वडाबाहेक सबै वडाको भवन भएको जानकारी दिँदै उनले सो भवन निर्माणका लागि बजेट छुट्याएकाले यसै वर्ष भवन निर्माण हुने जानकारी दिए । 

पालिका भवन कामचलाउ मात्रै भएको बताउँदै उनले भवन निर्माणका लागि जग्गाको खोजी कार्य भइरहेको बताए । यस्तै, पालिका अहिले रोजगार बैंक स्थापनाका प्रयास भइरहेको उनले जानकारी दिए । 

हामी जल उपयोग, पर्यटन गुरुयोजनालगायत नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने योजनामा रहेको बताए ।बारेकोट पालिका हिमाली जिल्ला भएकाले जडीबुटी भएको जिल्ला भएको बताए ।