close

नेपाल ओमानसँग पराजित

नेपाल ओमानसँग पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ ।

जितको लागि २१२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १९८ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २११ रन जोडेको थियो। ओमानका लागि जिसन मक्सुदले अविजित रहँदै १ सय ४ रनको शतकीय इनिङ खेले ।

हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ।