close

नेपालले आज नामिबियाको सामना

नेपालले आज नामिबियाको सामना

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपालले सिरिजको तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।

आज शनिबार तेस्रो खेल अन्तर्गत नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३स्१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।  सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।