close

युनाईटेडको जितमा रोनाल्डोको कीर्तिमानी गोल

युनाईटेडको जितमा रोनाल्डोको कीर्तिमानी गोल

Trulli
ADVERTISEMENT

काठमाडौं । म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराएको खेलमा क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७०० क्लब गोल पूरा गरेका छन् । 

गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७०० क्लब गोल पूरा गर्दा युनाईटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्यो । 

एन्थोनी मार्टियलको पासमा एन्थोनीले गोल गर्दै खेलको १५औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन एक मिनेट अघि क्यासमिरोको पासमा रोनाल्डोले आफ्नो कीर्तिमानी गोल पूरा गरे ।