close

जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा

जितसँगै बार्सिलोना ला लिगाको शीर्षस्थानमा

Trulli
ADVERTISEMENT

काठमाडौं । बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगामा शीर्षस्थानमा फर्किएको छ ।

सेल्टालाई १–० ले हराएपछि बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पारेको हो । घरेलु मैदान नोउक्याम्पमा आइतबार राति भएको खेलको १७औं मिनेटमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै अपराजित रहेको बार्सिलोना ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान २२ अंक नै रहे पनि अपराजित नै रहेको रियल गोल अन्तरमा दोस्रो स्थानमा छ ।