close

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत भदौ १५मा एक बालिकालाई बलात्कार गरेको आरोप लागेका उनलाई आज अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

अदालत उपस्थित गराइएका लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्।

बालिका बलात्कारको आरोप लागेका लामिछानेले अदालतमा दिएको बयानका क्रममा उनले यस्तो बताएका हुन् । 

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो।