close

पिएसजी र रियल बराबरीमा रोकियो

पिएसजी र रियल बराबरीमा रोकियो

Trulli
ADVERTISEMENT

काठमाडौं ।  यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडसँगै पिएसजी बराबरीमा रोकिएको छ । 

मंगलबार राति भएको खेलमा पीएसजीले बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको हो । लियोनल मेस्सीबिना मैदान उत्रिएको पीएसजी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा जोआ मारियोले गोल गर्दै बेन्फिकालाई १-१ गोलको बराबरीमा ल्याए ।

यता, रियलले शाख्तर डोनेस्कसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको इन्जुरी समयमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई हारबाट जोगाए ।

त्यसअघि खेलको ४६औं मिनेटमा ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस बराबरीको बाबजुत रियलले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।