close

सन्दीपलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सन्दीपलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Trulli
ADVERTISEMENT

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएको हो । 

प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए ।

१७ वर्षीया किशोरीले आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।