close

टी-२० विश्वकप : आज दुई खेल हुँदै

टी-२० विश्वकप : आज दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा आज इंग्ल्यान्ड र आयरल्यान्डले प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तान र आयरल्यान्ड भिड्दैछन् । 

समूह १ अन्तर्गत मेलबर्नमा हुने खेल ९:४५ मा इंग्ल्यान्ड र आयरल्यान्ड प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा न्युजिल्यान्ड अफगानिस्तानसँग भिड्ने छ । 

समूहमा न्युजिल्यान्डस र इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेकाले सेमिफाइनलमा आफ्नो दाबेदारी बलियो बनाउन लगातार दोस्रो जितको प्रयास गर्नेछन्।

अफगानिस्तान भने आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित हुन पुगेको थियो। आयरल्यान्ड भने श्रीलंकासँग पराजित भएको थियो।

समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, अफगानिस्तान र आयरल्यान्ड रहेका छन्। प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।