close

युभेन्टस समूह चरणबाटै बाहिरियो

युभेन्टस समूह चरणबाटै बाहिरियो

Trulli
ADVERTISEMENT

काठमाडौं । बेन्फिकासँग मंगलबार राति ३–२ ले पराजित भएसँगै युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । 

समूह एच मा पाँच खेलको समाप्तीमा समान ११ अंकसहित पेरिस सेन्ट जर्मन (पिएसजी) र बेन्फिका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस समूहबाट पिएसजी र बेन्फिका अन्तिम १६ मा प्रवेश गरेका हुन् । तेस्रो स्थानको युभेन्टस र चौथो स्थानको मकाबी हैफाको  समान तीन अंक छ । समूह चरणको अन्तिम खेलमा युभेन्टसले पिएसजीको सामना गर्नेछ भने बेन्फिकाले मकाबी हैफाविरुद्ध खेल्नेछ ।

पछिल्लो खेलमा मकाबी हैफालाई २–० को नतिजा सुम्पिएसँगै युभेन्टस दबाबमा परेको थियो । युभेन्टसलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि बेन्फिका र पिएसजीविरुद्ध जित आवश्यक थियो । बेन्फिकासँगको हारपछि युभेन्टसका लागि पिएसजीविरुद्ध समूह चरणको अन्तिम खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ ।