close

टी-२० विश्वकप : अष्ट्रेलिया र इंल्याण्ड भिड्दै

टी-२० विश्वकप : अष्ट्रेलिया र इंल्याण्ड भिड्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी विश्वकप टी २० क्रिकेटमा आज २ वटा खेल हुँदैछ । 

आज पहिलो खेलमा आयरल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा इंल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ।

अफगानिस्तान र आयरल्याण्डबीचको खेल पौने १० बजे सुरु हुनेछ। यसैगरी आजै दिउँसो पौने २ अष्ट्रेलिया र इंल्याण्ड आमने सामने हुने छन्।

आजको खेलमा पनि जित निकाल्दै अष्ट्रेलिया सेमिफाइनल सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुँदा इंल्याण्ड पनि जित निकाल्दै बलियो दावेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ।

अघिल्लो खेलमा आयरल्याण्डसँग डिएल मेथडमा ५ रनले पराजित भएको इंल्याण्ड उक्त खेललाई भुलेर अब घरेलु टोली अष्ट्रेलियाविरुद्ध मैदानमा उत्रने छ।