close

टी-२० विश्वकप : आज दुई खेल हुँदै

टी-२० विश्वकप : आज दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा आज इंग्ल्यान्ड र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तान र श्रीलंका भिड्दैछन् । 

समूह १ अन्तर्गत अफगानिस्तान र श्रीलंकाबीचको खेल  बिहान ९:४५ बजे हुँदैछ । इंग्ल्यान्ड र न्युजिल्याण्डबीचको खेल भने दिउँसो १:४५ मा सुरु हुँदैछ । 

समूहको तालिकामा न्युजिल्यान्ड शीर्षस्थानमा छ इंग्ल्यान्ड तेस्रो स्थानमा छ । अफगानिस्तान तालिकाको पुच्छरमा रहँदा श्रीलंका पाँचौं स्थानमा छ । 

समूह १ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलंका, अस्ट्रेलिया, अफगानिस्तान र आयरल्यान्ड रहेका छन् । प्रतियोगितामा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।