close

पीएम कप : आज दुई खेल हुँदै

पीएम कप : आज दुई खेल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश-१ र बागमती प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ । प्रदेश-१ र बागमती पहिलो जितको खोजीमा हुने छन्  । 

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे नै सुरु हुनेछ ।

प्रतियोगितामा १० टोली सहभागी छन् ।  प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।