close

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

Trulli
ADVERTISEMENT

बैतडी । बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।   

   ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए । 

    'खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता  आयोजना गर्दैआएका छौँ', उनले भने ।