close

ललितपुरमा  ‘मेयर भर्सेस सिएओ’ प्रतियोगिता

ललितपुरमा  ‘मेयर भर्सेस सिएओ’ प्रतियोगिता

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी शुक्रवार अपराह्न फुटबल मैदानमा प्रतिस्पर्धा गर्दैछन् । ललितपुर महानगरले महानगर स्थापनाको एक सय ४ वर्ष प्रवेश गरेको अवसरमा ‘मेयर भर्सेस सिएओ’ फुटबल प्रतियोगिता आयोजना गरेको हो । 

महानगरले जनप्रतिनिधि र कर्मचारीबीच हार्दिकता बढाउन यस प्रतियोगिता आयोजना गरेएको हाे । महानगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र कर्मचारी फरक पृष्ठभुमीबाट आएपनी एउटै मैदानमा रहेर काम गर्ने बताए। 

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यस्ता प्रतियोगिताले एक आपासमा हार्दिकता बढाउने बताए । उनले भने, ‘ प्रतियोगितामा भाग लिदाँ अपनत्व बढ्छ , मनोरञ्जन हुने त भै नै हाल्यो ।’ 

ललितपुर महानगर वि.सं १९७५ मा सरसफाई लगायतका काम गर्नका लागि छेमडोल अड्डाको रुपमा स्थापना भएको थियो । उक्त अड्डाले वि.सं २००९ मा ललितपुर नगरपालिका,वि.सं २०१८ मा ललितपुर नगरपंचायत,  वि.सं २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि.सं  २०५२ सालमा ललितपुर उप  महानगरपालिकाको काम गर्दै आएको थियो ।

मुलुक संघीयतामा गएपछि २०७४ को स्थानीय तहको निर्वाचन अघि २०७३ चैत १० गतेदेखि यो कार्यालयले महानगरको रुपमा आफ्नो सेवा विस्तार गरी स्थानिय सरकारकाे रुपमा काम गर्दै आएकाे छ।