close

दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु

दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । चावहिल गणेशस्थान चौरमा मंगलबारदेखि काठमाडौं महानगरपालिकाको दोस्रो वडाध्यक्ष कप भेट्रान फुटबल खेल सुरु भएको छ । महानगरपालिका वडा नं ७ ले आयोजना गरेको प्रतियोगितालाई चावहिल स्पोटस क्लब र चारुमती युवा क्लवले प्राविधिक सहयोग गरेका छन् । चावहिल भेट्रान र कपन भेट्रानबिच पहिलो खेल भएको हो । 

खेल सुरु गर्दै वडा ७ का अध्यक्ष बिमलकुमार होडाले समाज, टोल र समुदायका बिचमा आत्मीयता बढाउन खेलले मद्दत गर्ने बताए। 
व्यक्तिमा भएको उर्जालाई सकारात्मक काममा लगाउन खेलको भूमिका रहने बताउँदै नगर सभाअन्तर्गतको विधायन समितिकी संयोजक रुपा थापा क्षेत्रीले समुदायको सम्बन्धलाई प्रगाढ बनाउने बताइन्। 

वडा सदस्य एवं खेलका संयोजक सुरेश शाहीका अनुसार खेलका लागि नवलपरासीबाट २ टोली, बनेपाबाट १, हेटौडाबाट १ र चितवनबाट १ गरी बाहिरी जिल्लाबाट ५ टोलीको सहभागिता छ । 

नकआउटका आधारमा खेलाइने खेल हरेक दिन विहान ८ बजेदेखि निरन्तर २ खेल र बेलुका ४ बजेदेखि एउटा खेल खेलाइनेछ । असार ४ गते खेलको अन्तिम प्रतिस्पर्धा हुनेछ । 

खेलका विजेतालाई नगद १ लाख रुपैयाँसहित ट्रफी र उपविजेतालाई नगद ५० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । यस्तै स्ट्राइकर, किपर, डिफेन्सरलगायत विभिन्न विधामा खेलाडीलाई नगद ५ हजारसहित पुरस्कृत गरिनेछ ।