close

विश्वकप छनौटमा नेपालको विजयी सुरुवात

विश्वकप छनौटमा नेपालको विजयी सुरुवात

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखकफ उत्कृष्ट ओपनिङ साझेदारीमा नेपालको विजयी सुरुवा भएको छ । टियु क्रिकेट मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो । 

नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । अर्का ओपनर आशिप शेखले २७ रन, कप्तान रोहित पौडेलले ३५ रन र कुशल मल्लले ६ रन बनाए बनाए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले सिंगापुरले ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए । 

नेपालका लागि अविनाष बोहराले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई/दुई विकेट हात पारे ।