close

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौँ - टि–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल अहिले ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेर अघि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।  

ओमानले अहिले ब्याटिङ गरिरहेको छ । ओमानले पहिलो ओभरको पाँचौँ बलमा नै कश्यप प्रजापतिलाई गुमाएको छ । उनी करण केसीको बलमा विकेटकिपर आशिफ शेखद्वारा क्याचआउट हुन पुगेका हुन् । प्रजापतिले पाँच बलमा दुई चौकाको मद्दतमा आठ रन बनाए । 

समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेटरनरेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । 

नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन्  ।