close

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि उचाल्यो

सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि उचाल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं- ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलको सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले उपाधि जितेको छ । 

सुपर ओेभरमा जितको लागि २२ रन बनाएको नेपालले । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए ।

कुशल मल्ल ब्याटिङमा आएका थिए । दोस्रो बल कुशललाई योर्करमा डट राखे । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बलमा कुशल मल्लले चौका हाने । अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।

सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए । यसअघि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।