close

सूर्यलाई इन्द्रेणीले घेरा हाल्नु के को संकेत हो ?

सूर्यलाई इन्द्रेणीले घेरा हाल्नु के को संकेत हो ?

Trulli
ADVERTISEMENT

काठमाडौं । सूर्यको वरिपरि इन्द्रेणीजस्तो देखिन चम्किलो प्रकाश घुमिरहेको दृश्य आज धेरै देखेका छन् । उक्त तस्बिर कैद गरेर आश्चर्य पनि प्रकट गरेका छन् । यो अशुभ संकेत हो भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

विज्ञानअनुसार घामको वरिपरि ठूलो चक्र घुमेको जस्तो देखिने दृश्यलाई सन हेलो वा अप्टिकल फेनोमेना भनिन्छ । 

यो बरफको मसिना कणहरू भएका बादलबाट सूर्यका किरणहरू पृथ्वीमा प्रवेश गर्छ । जसले गर्दा प्रकाशका रेशाहरु हावाबाट पानीमा परिवर्तन हुन्छन् र उनीहरूको अवस्था परिवर्तन हुन्छ । 

जमिनबाट हेर्दा यसमा भएको परिवर्तनको प्रतिबिम्बका साथै इन्द्रेणी देखिन्छ । यो २२ डिग्रीको कोणमा झुकेर सूर्यको वरिपरि घुमिरहेको देखिन्छ । यो ७ देखि ४० मिनेट सम्म रहन्छ । आकाशमा बादल बढ्दै गएपछि  सूर्यलाई बादलले छोप्दा सन हलो हटेर जान्छ ।

यो खास गरेर मनसुन बेला सिरो ट्राटस बादलका इन्द्रेणी बन्ने गरेको छ । १० किसिमका बादलमध्ये सिरो ट्राटस नामको बादलमा धेरै पानीको मात्रा हुने भएकाले किरणले यो बादल पार गर्दा यस्तो घेरा बन्ने गर्छ । 

यो प्रि मनसुन र मनसुनका बेला कहिलेकाही यस्तो देखिन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्था कहिलेकाही दुई दिनसम्म पनि रहन सक्छ ।