close

ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा

ठूलोखोला क्षेत्रमा फैलिएको बर्डफ्लू नियन्त्रणमा

Trulli
ADVERTISEMENT

नुवाकोट। ककनी गाउँपालिका–१ औखरापौवास्थित ठूलोखोला क्षेत्रमा देखापरेको बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भाइरस नियन्त्रणमा आएको छ ।

माघ अन्तिम सातादेखि फागुन पहिलो साताको अवधिमा देखापरेको बर्डफ्लू भाइरस सङ्क्रमित र शङ्कास्पद फार्मको पन्छी, पन्छीजन्य पदार्थ र पन्छीजन्य उत्पादनका सामग्रीहरू नष्ट गरेर थप फैलनबाट रोकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका प्रमुख भरत पाण्डेले जानकारी दिए।

उनका अनुसार रोगको पहिचान भएकोे फार्मका पन्छीजन्य सामग्री सबै नष्ट गरिएको र आसपासको क्षेत्रमा लगातार गरिएको निगरानीबाट रोग नियन्त्रणमा आएको हो ।

‘ककनी गाउँपालिका र विज्ञ केन्द्रको प्राविधिक टोलीले रोगको पहिचान भएका तथा शङ्कास्पद फार्मलाई नियन्त्रणमा लिएर थप फैलनबाट रोक्न गरिएको प्रयास सफल भएको छ’, केन्द्र प्रमुख पाण्डेले भने, ‘रोग नियन्त्रणमा आएको छ भने आसपासको फार्म तथा घरमा पालन गरिएका पन्छीहरू पनि सुरक्षित देखिएको छ ।

रोग फैलिएको क्षेत्रमा सघन निगरानी र आवश्यकताअनुसार नियन्त्रणको विधि अपनाएको, बाहिरबाट पन्छीजन्य सामग्रीको आवतजावतमा गरिएको कडाइ सहज बनाइएको छ । ठूलोखोला क्षेत्रसहित जिल्लाको अन्य स्थानमा बर्डफ्लू रोगको सङ्क्रमणको जोखिम तत्कालका लागि पूर्ण रुपमा सुरक्षित बनेको केन्द्रले जनाएको छ ।