close

सामुदायिक कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइँदै

सामुदायिक कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं– बूढानीलकण्ठ नगरपालिका-८ ले निःशुल्क रेबिजविरुद्धको खोप लगाउने भएको छ । वडाले बिहLबार एक सूचना जारी गर्दै कुकुर / बिरालोलाई निःशुल्क खोप लगाउने जनाएको छ । 

विश्व रेबिज दिवसको अवसरमा ‘रेबिज नियन्त्रण, एक स्वास्थ्य एक गन्त्व्य’ भन्ने नाराका साथ नगरपालिकाले पशु सेवाद्धारा कुकुर र बिरालोलाई निःशुल्क भ्याक्सिनेशन (खोप) लगाउने भएको हो । 

सूचनाअनुसार खोपका लागि स्थानीयले पालेका र सडक/सामुदायिक कुकुर बिरालोलाई ल्याई असोज ८ गते ७ बजेदेखि ९ बजेसम्म बास्केटबल चोक गोल्फूटारमा भ्याक्सिनेशन (खोप) लगाउन सकिने वडा कार्यालयले जनाएको छ ।