close

नेप्से परिसूचक सामान्य वृद्धि ​​​​​

नेप्से परिसूचक सामान्य वृद्धि ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं ।  साताको चौथो दिन नेप्से परिसूचक एकल अंकको सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ४.८९ अंक (०.२४ प्रतिशत) ले बढेर २०५०.५९ बिन्दुमा पुगेर रोकिएको छ ।

नेम्सेमा एकल अंकको सामान्य वृद्धि हुँदा बैंकिङ व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर र जीवन बीमा उपसूचक घटेका छन् भने विकास बैंक वित्त कम्पनीलगायत उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक १.९१ प्रतिशतले वृद्धि भएको छ । 

मंगलबार २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको बजारमा बुधबार ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड १८ लाखको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १६ करोड ४३ लाखको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख र आइसिएफसी फाइनान्सको ५ करोड ३१ लाखको कारोबार भएको छ ।