close

४ केजी हेरोइनसहित ३ जना पक्राउ

४ केजी हेरोइनसहित ३ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । चार केजी हेरोइनसहित काठमाडौंबाट ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा दुई विदेशी र एक नेपाली महिला छन् । बरामद हेरोइन भारत लैजाने क्रममा गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

यसअघि विदेशबाटै ल्याइएको प्रतिबन्धित बजार मूल्य १ अर्ब २ करोड रुपैयाँ बराबरको ५१ केजी हेरोइन ब्युरोले नै बरामद गरेको थियो ।

यसबारे जानकारी दिन प्रहरी ब्यूरोले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाएको छ ।