close

इन्टरपोलको रेड नोटिसमा १६ नेपाली

इन्टरपोलको रेड नोटिसमा १६ नेपाली

Trulli
ADVERTISEMENT

काठमाडौं । इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल) अर्थात् प्रहरीको अन्तर्राष्ट्रिय सन्जालले जारी गरेको रेड नोटिसको सूचीमा हाल १६ नेपाली छन्।

रेड नोटिस आपराधिक घटनाका अभियुक्त वा अपराधीविरुद्ध आफ्ना सदस्य राष्ट्रको आग्रहमा इन्टरपोलले जारी गर्ने 'एरेस्ट वारेन्ट' हो । इन्टरपोलको वेभसाइटमा रहेको तथ्याङ्क अनुसार संसारभार ७ हजार १५४ जनाको नाममा नोटीस जारी हुँदा १६ जना नेपाली पनि छन् । 

चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कारजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध नोटिस जारी भएको हो । विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को गठन गरिएको हो ।

संसारकै उत्कृष्ट मेयर भन्छन् : पालिका नयाँ नीति र आविष्कारको प्रयोगशाला