close

नक्कली फेसबुक अकाउन्ट बनाएर चरित्रहत्या गरेको आरोपमा पक्राउ

नक्कली फेसबुक अकाउन्ट बनाएर चरित्रहत्या गरेको आरोपमा पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

फेसबुकमा नक्कली अकाउन्ट बनाएर दु:ख दिने सप्तरीका सुमितकुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनले फेसबुकमा नक्कली आईडि बनाएर आफ्नो वाल र टाइमलाइनमा पीडितको फोटोको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखी अश्लिल शब्दहरू पोष्ट गर्ने गरेका प्रहरीले जनाएको छ । 

साथै पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेईज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिने गरेको व्यूरोले जनाएको छ ।

ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।