close

एकै परिवारका ३ जना मृत फेला

एकै परिवारका ३ जना मृत फेला

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटा नगरपालिका-१ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

प्रहरीकाअनुसार टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । टिकाराम गुरुङ, उनकी श्रीमती ३भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।

संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेमा बस्दै आएको थियो ।