close

बेरोजगारमा सूचीकृत हुनेलाई फागुनभरको मौका

बेरोजगारमा सूचीकृत हुनेलाई फागुनभरको मौका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- तपाईं न्यूनतम रोजगारीमा संलग्न हुन चाहनुहुन्छ ? त्यसो हो भने तपाईंलाई यो फागुनभर आवेदन दिने मौका छ । 

 

सरकारले न्यूनतम रोजगारीमा संलग्न हुन चाहनेलाई फागुनभित्र सम्बन्धित वडा कार्यालयमार्फत बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान गरेको छ । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यून आय भएका र स्वरोजगारसमेत नभएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकले १ देखि फागुन मसान्तसम्म स्थायी बसोबास गरिरहेको वडा कार्यालयमा गई बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आह्वान गरेको हो ।

 

यो सूची आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागू हुने सरकारले जनाएको छ । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ११,रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ (पहिलो संशोधन २०७७) को दफा १८ बमोजिम बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन मन्त्रालयले आह्वान गरेको हो ।

 

मन्त्रालयले निवेदनको ढाँचा र यससम्बन्धी विस्तृत विवरण थाहा पाउन सम्बन्धित गाउँपालिका र नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क राख्नसमेत लाभग्रहीलाई भनेको छ । यस्तो विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटबाट प्राप्त गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ ।