close

सूर्योदयमा कर्मचारी माग

सूर्योदयमा कर्मचारी माग

Trulli
ADVERTISEMENT

इलाम । सूर्योदय नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

सूचनाको अनुसार नगरपालिकामा सञ्चालित बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना अन्तर्गत रिक्त पदमा एक जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । 

नगरपालिकाले सामाजिक परिचालक पाचौं तहमा एक जना महिला कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले ७५० रुपैयाँ दस्तुर तिरी साउन १२ गतेभित्र आवेदन दिन सक्ने छन् ।