close

तोडफोडको चेतावनीपछि सिक्किममा कबड्डी–४ प्रदर्शनमा रोक

तोडफोडको चेतावनीपछि सिक्किममा कबड्डी–४ प्रदर्शनमा रोक

Trulli
ADVERTISEMENT

काठमाडौं । सिक्किम सरकारले नेपाली फिल्म कबड्डी–४प्रदर्शनमा रोक लगाएको छ । 

नेपालमा जेठ १३ गते रिलिज भएको सो फिल्म जुन १७ मा सिक्किमको राजधानी ग्यांगटोक र नाम्चीमा रिलिज गर्ने तयारी भइरहेका बेला सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् तत्कालका लागि कब्बडी–४ को प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका थिए । 

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा विवाद समाधान नहुन्जेलसम्मका लागि कबड्डी(४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिक्किम लामा एसोसियसन तथा अल इन्डिया बुद्धिस्ट फोरमलगायत संस्थाहरुले  कब्बडी–४को प्रदर्शनमा रोक लगाउन माग गर्दै आएका छन् । सिक्किममा कब्बडी–४ प्रदर्शन भए हल तोडफोड हुने चेतावनीसमेत उनीहरुको छ ।   

सिक्किमका बौद्ध भिक्षु ओन्डी पिन्टोले भनेका छन्, 'चलचित्रमा दयाहाङ राईले निभाएको लामाको चरित्रले सम्पूर्ण लामाहरूको आस्थामा ठेस पुर्यााएको छ । यो वास्तवमै बुद्धिज्म र भिक्षुहरूमाथिको अन्याय हो । यसबारेमा सबैले आवाज उठाउनुपर्छ । हामी नेपालमा पनि यो विवाद समाधान होस् भन्ने चाहन्छौँ ।'