close

श्रृष्टि केसीको 'अनोदर वर्ल्ड' सार्वजनिक

श्रृष्टि केसीको 'अनोदर वर्ल्ड' सार्वजनिक

Trulli
ADVERTISEMENT

दृष्टिविहीन गायिका श्रृष्टि केसी र गिथिया वर्मनको स्वरमा रहेको अंग्रेजी गीत अनोदर वर्ल्ड सार्वजनिक भएको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो । गीतमा श्रृष्टि केसी, सुदेव, सदिक ज्याकी लगायतका कलाकारको अभिनय छ । शब्द, संगीतसहित गीतको निर्देशन गायक स्वयंले गरेका छन् भने छायांकन एप्पोस एन्टोनीले गरेका हुन् । 

कार्यक्रममा बोल्दै महानायक राजेश हमालले समाजले प्रश्तुत गरेको कुराहरुको उपयोग गर्ने अधिकार दृष्टिबिहीनसहित सबै नागरिकलाई हुने बताए । यसलाई सबैमाझ पु¥याउन सबै नागरिकले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । त्यस्तै वरिष्ठ कलाकार मिथिला शर्माले गीतको भाव शब्दले नभइ अन्तरआत्माले बुझ्नुपर्ने बताइन् । 

त्यस्तै नायिका सुरक्षा पन्तले सोचाईलाई चुस्त बनाएर अघि बढ्न आवश्यक रहेको बताइन् । यो गीत अंग्रेजीमा भाषा र नेपाली सब्टाइटल्समा युट्युबमा रहेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलसहित गायिका अञ्जु पन्त लगायतको पनि उपस्थिति थियो ।