close

जन श्रमदानबाट सडक ढलान गर्दै 

जन श्रमदानबाट सडक ढलान गर्दै 

Trulli
ADVERTISEMENT

 

वालिङ नगरपालिका—१३ स्थित बोधीभञ्ज्याङ्का स्थानीय बासिन्दा श्रमदान जुटाएर सडक निर्माण कार्यमा जुटेका छन् ।

गाउँघरमा हिड्डुल गर्न समेत समस्या भएपछि स्थानीय बासिन्दा श्रमदान जुटाएर ढलानसहितको सडक निर्माण कार्यमा जुटेका हुन् । वडा कार्यालयले सडक निर्माणको लागि आवश्यक पर्ने सिमेन्ट सहयोग गर्ने भएपछि करिब ६० घर रहेका बोधीभञ्ज्याङका स्थानीय बासिन्दा यतिबेला श्रमदानमा लागिरहेका छन् ।

घरगाउँमा हिड्नै समस्या भएपछि बाटो निर्माणमा जुटेको निर्माण समितिका अध्यक्ष अर्पण थापाले बताए । स्थानीय जगबहादुर थापाले भने, ‘सबैको घरमा अटो रेक्सासम्म भएपनि ल्याउन मिल्ने गरी पक्की सडक निर्माण गर्न लागेका छौँ ।’

सडक निर्माण भएसँगै आँधीखोला बहुप्राविधिक शिक्षालय र लक्ष्मी माविमा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरुले समेत सहजरूपमा यात्रा गर्न पाउने वडाध्यक्ष आनन्द पाठकले बताए ।