close

निर्माण नसकिँदै भत्कियो बाल उद्यान

निर्माण नसकिँदै भत्कियो बाल उद्यान

Trulli
ADVERTISEMENT

दार्चुला– जिल्लाको दुहुँ गाउँपालिका वडा–४ मा बनाइन लागेको बालउद्यान निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गत वर्षबाट निर्माण सुरु गरिएको बालउद्यानको अधिकांश भाग चर्किएको हो ।

‘गत वर्ष कुल २० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको बाल उद्यान चर्किएको छ’, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘निर्माणकै क्रममा रहेको उद्यानमा दरार परेपछि निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।’

जमिन पूरै भासिएको छ । गाउँपालिकाको महत्वाकांक्षी योजनाअनुसार बाल उद्यान बनाइन लागेको हो । बालबालिकाका लागि खेल्न तथा खेलकुदलगायतका संरचना निर्माण गर्ने गरी उद्यान बनाउन थालिएको हो ।

उद्यान भत्किएपछि अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । गाउँपालिकाको ठूलो लगानीमा निर्माण गरिन लागेको बालउद्यानमा दरार परेपछि गाउँपालिकाले निर्माण व्यवसायीलाई १३ लाख १३ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए ।

यो वर्ष बाल उद्यानका लागि थप १ करोड ९० लाख रुपैयाँ लागतको बोलपत्र आह्वानको तयारी भइरहेको छ । निर्माणकै क्रममा भत्किएपछि बाल उद्यान पुनर्निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको बमको भनाइ छ ।