close

वडा कार्यालय भवन निर्माणका लागि २३ लाख बराबरको जग्गा दान

वडा कार्यालय भवन निर्माणका लागि २३ लाख बराबरको जग्गा दान

Trulli
ADVERTISEMENT

दैलेख- भैरवी गाउँपालिका वडा नंं.- ५ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीयले २३ लाख रुपैयाँ बराबरको जग्गा दान गरेका छन् । स्थानीयवासी रामबहादुर विष्ट, लालबहादुर विष्ट, रञ्जित विष्ट, तिलबहादुर विष्ट, भीमबहादुर विष्ट र कर्ण बस्नेतले जग्गा दान गरेका हुन् ।


साविकको भैरीकालिकाथुम ३, ७, ८ र ९ वडा मिलेर बनेको वडा- ५ कार्यालय भाडाको घरमा संचालन भइरहेकाले वडा कार्यालय भवन निर्माण लागि जग्गा दान गरेको जग्गादाताहरू बताउँछन् ।

 
स्थानीय जनताले सहज रूपमा सेवा, सुविधा पाउने र वडा कार्यालयलाई पनि आर्थिक भार कम हुने भएकाले पारिवारिक समझदारीमा आफूहरूले जग्गा दान गरेको जग्गादाताहरूले बताएका छन् ।


मालपोत कार्यालय दुल्लुमा गई वडा कार्यालयको नाममा निःशुल्क जग्गा पास भइसकेको वडा- ५ का वडा अध्यक्ष हेमलाल जैसीले बताए । जग्गा प्राप्त भएपछि गाउँपालिकाले वडा कार्यालय भवन निर्माणका लागि ८० लाख रुपैयाँ रकम विनियोजन गरेको छ । अहिले भवन निर्माणको काम निरन्तर भइरहेको वडा अध्यक्ष जैसीले बताए ।


वडा कार्यालयलाई दिएको जग्गा एकदमै मिलेको हुँदा प्राविधिक स्टिमेटअनुसारको काम गर्न सजिलो हुने स्थानीय निर्माण व्यवसायी शान्तिप्रसाद अधिकारीले बताए ।


वडा कार्यालयको आफ्नै भवन निर्माण भइसकेपश्चात कार्यालयका सामग्रीहरूको व्यवस्थापन गर्न सजिलो हुने, जनतालाई सहज रूपमा सेवा, सुविधा दिन सकिने, घर भाडाको आर्थिक रकम पनि सार्वजनिक निर्माणतिर खर्च भई वडाको विकास तथा समृद्धितिर जाने वडा सचिव अभिषेक गुरुङले बताए ।