close

मोटरेबल पुल बनाउँदै बिगु गाउँपालिका (भिडियाे खबर)

मोटरेबल पुल बनाउँदै बिगु गाउँपालिका (भिडियाे खबर)

ADVERTISEMENT

दोलखा- दोलखाको बिगु गाउँपालिकाले पहिलो पटक आफ्नै लगानीमा मोटरेबल पुल बनाउने भएको छ । मोटरेबल पुल बनाउने यो दोलखाका नौमध्ये पहिलो पालिका बन्नेछ । 


बिगुको २० प्रतिशत र सोही गाउँपालिकामा रहेको सिंगटी हाइड्रो पावरको ८० प्रतिशत लगानीमा मोटरेबल पुल बन्न लागेको हो । 


बिगुको वडा- ४ ५, ६ र कालिञ्चोकको वडा- १, २ का करिब २० हजार नागरिकलाई  पायक पर्ने गरी बिगु गाउँपालिका वडा ४ र ५ को सिमाना पर्ने झोरुङखोलमा मोटरेबल पुल बनाउन प्राविधिक स्टिमेट  तयार गरी रकम विनियोजनसमेत गरेको पालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए । 


‘हाइड्रो पावरको हबका भएको  गाउँपालिका कारण विकासका पूर्वाधार बन्दै छन् । सुविधा सम्पन्न अस्पताल, सिभिल इन्जिनियरिङका कक्षा संचालनमा आएका छन् । गाउँपालिकाकै लगानीमा प्राविधिक शिक्षालय निर्माण गरिएको छ’, अध्यक्ष खड्काले भने ।


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले समेत यस क्षेत्रमा सामाजिक सुरक्षा बजेटको लगानी गर्दै आएको छ ।  पुल निर्माणपछि बाबेर, कालिञ्चोक, लामीडाँडा, चिलंखा, लादुक, बुलुङ, खोपाचाँगु आलम्पु, बिगुलगायतका क्षेत्रका नगरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।