close

कालोपत्रेमार्फत जोडिदै सिँगाने र तीनपाने भन्ज्याङ

कालोपत्रेमार्फत जोडिदै सिँगाने र तीनपाने भन्ज्याङ

Trulli
ADVERTISEMENT

ललितपुर–  ललितपुरको लेले–चन्दनपुर सडक खण्ड अन्तर्गत कोञ्ज्योसोम गाउँपालिका–१ चौघरेस्थित सिँगाने भन्ज्याङदेखि कोञ्ज्योसोम गाउँपालिकाको कार्यालय हुँदै दलचोकीबाट कान्ति लोकपथअन्तर्गत बागमती गाउँपालिका को तीनपाने भन्ज्याङ जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रेको काम सुरु भएको छ । सोमबार कोञ्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिंतानले कालोपत्रेको उद्घाटन गरे ।


ठेकेदार र कामदारलाई दक्षिणा दिँदै  कालोपत्रेको उद्घाटन गरेको अध्यक्ष सिंतानले बताए । बागमती प्रदेश सरकारबाट प्राप्त ४ करोड रकमबाट सडक कालोपत्रेको काम सुरु भएको हो ।


भौतिक पूर्वाधार विकास कार्यालयमार्फत टेन्डर प्रक्रियामा गएको यो परियोजनाको लागि पिएम शान्ति जेबी कम्पनीले काम गरिरहेको छ । एक हप्ताभित्र सबै काम सकिने गाउँपालिका अध्यक्ष सिंतानले बताएका छन् ।


आइतबार सिंतान आफैंले निर्माण सामग्रीहरु सहित सडक कालोपत्रे गर्ने कामको सुरुवात गरे । सडक कालोपत्रे भएपछि दक्षिण ललितपुरका ३ ओटै गाउँपालिका सहज सडक सन्लामा जोडिनेछन् ।