close

१० लाख लागतमा सार्वजनिक शौचालय

१० लाख लागतमा सार्वजनिक शौचालय

Trulli
ADVERTISEMENT

नवलपरासी - बर्दघाट नगरपालिका- १२ भटौलियामा सार्वजनिक शौचालय शिलान्यास गरिएको छ । मंगलबार बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले १० लाख रुपैयाँ लागतमा बन्ने उक्त शौचालय शिलान्यास गरेका हुन् ।


वडाध्यक्ष मानबहादुर मल्लका अनुसार वडाको मुख्य बजारलाई मध्यनजर गर्दै शौचालय निर्माण थालिएको हो । 


नगरले १६ वटै वडामा स्वास्थ्य पहुँच वृद्धि गर्ने योजना मुताविक  वडा नम्बर- ७ बेलाहानीमा ३८ लाख रुपैयाँको लागतमा बन्ने स्वास्थ्य चौकीको पनि शिलान्यास गरिएको  छ । स्वास्थ्य चौकीको पनि नगर प्रमुखबस्यालले उद्घाटन गरेका छन् ।


नगरमा एउटा सरकारी र एउटा सामुदायिक अस्पताल संचालित  छन् ।