close

बघौडा अस्पताल निर्माण गर्दै माडी

बघौडा अस्पताल निर्माण गर्दै माडी

Trulli
ADVERTISEMENT

चितवन(माडी)-  चितवनको माडी नगरपालिकाले बघौडा अस्पताल भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


नगरपालिकाको छैटौं नगरसभाले विशेष निर्णय गर्दै आन्तरिक रूपमा विनियोजित योजना कटौती गरेर बघौडा अस्पताल भवन निर्माणका लागि उक्त रकम छुट्याएको हो ।

 

सो रकममा अस्पताल विकास समितिले ५० लाख दायित्व वहन गर्ने गरी २ करोड रुपैयाँ बजेटमा तत्कालै अस्पताल भवन निर्माणको बोलपत्र आह्वान गर्ने निर्णय भएको छ ।

 

नगरसभाले युवा स्वरोजगार र जनता आवास कार्यक्रमबाट आंशिक रकमान्तर गरेर अस्पताल बनाउने भएको हो ।

 

यसअघि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले संघीय तथा प्रादेशिक सरकारको सहयोगमा बघौडा अस्पताललाई स्तरोन्नति गरी ५० शय्याको बनाउने बताएका थिए ।

 

भवन निर्माणपछि आईसीयु एवं विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने उनको भनाइ छ ।