close

मुगुमकार्मारोङको आफ्नै प्रशासनिक भवन 

मुगुमकार्मारोङको आफ्नै प्रशासनिक भवन 

Trulli
ADVERTISEMENT

मुगु- मुगुका ४ स्थानीय तहमध्ये मुगुमकार्मारोङ गाउँपालिकाले पहिलो पटक आफ्नो प्रशासनिक भवन निर्माण गरेकोे छ । प्रशासनिक भवन अभावमा घर भाडामा बस्दै आएका मुगुका ४ स्थानीय तहमध्ये मुगुमकार्मारोङले पहिलो पटक आफ्नो पालिका केन्द्रमा प्रशासनिक भवन निर्माण गरेको हो ।

 

गाउँपालिकाको ८६ लाख ९८ हजार १२ लाख ९९ हजार ७ सय १ रुपैयाँ जनश्रमदानबाट उपभोक्ता समितिमार्फत निर्माण भएको परम्परगत गुम्बा शैलीको प्रशासनिक भवन निर्माण गरेको मुगुमकार्मारोङले जानकारी दिएको छ । भवन गाउँपालिकाको साताैँ गाउँसभा तथा अवसरमा उद्घाटन गरिएको हो ।

 

नवनिर्मितको भवनको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया र गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले संयुक्त रूपमा उद्घाटन गरेको गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले बताए ।

 

२ हजार १ सय ७३ स्क्वायर फिटमा निर्माण भएको भवनमा २१ वटा कोठा छन् । ९० जना अट्ने क्षमताको सभाहल, चिसो र तातोका लागि १० वटा भेन्टिलेसन, आधुनिक प्रविधिअनुसार परम्पराग गुम्बाशैलीको डिजाइन स्टिमेटअनुसार निर्माण गरिएको गाउँपालिकाका प्राविधिक कर्णराज भामले बताए ।


परम्परागत बौद्ध धर्मावलम्बीहरूको झल्को दिने गरी भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । कठायतका अनुसार ९ महिनाभित्र उपभोक्ता समितिमार्फत ९९ लाख ९७ हजार ७ सय १ रुपैयाँ लागतमा गाउँपालिका भवन निर्माण भएको हो ।

 

मुगुमकार्मारोङले आफ्ना ९ मध्ये ६ वटा वडा कार्यालय निर्माण सम्पन्न गरेको छ । 


सातौँ गाउँसभामा ३ वटा ऐन पारित 

 

आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले ३ वटा ऐन पारित गरेको छ । गाउँपालिकाले जलस्रोत ऐन, २०७७, जलस्रोत नियमावली, शिक्षा ऐन, २०७६ पहिलो संशोधन पारित गरेको हो ।

 

पालिकाभित्र रहेका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने गरी ऐन निर्माण गरिएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।